साङ्केतिक तस्बिर goole.com

हेटौंडाः प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १४ गतेबाट सुरु हुने भएको छ । प्रतियोगितामा बागमती प्रदेशबाट सहभागी हुने खेलाडीमा हेटौंडाकी क्रिकेटर सुजिता थापाले खेल्ने सम्भावना बलियो देखिएको छ ।

बागमती प्रदेशले प्रतियोगिताको लागि पुस ११ र १२ गते चितवनमा महिला खेलाडी छनौट गर्ने भएको छ । छनौट खेलमा भाग लिन हेटौंडाकी महिला क्रिकेटर सुजिता थापासँगै काठमाडौंबाट १४ जना, चितवनबाट १७ जना खेलाडीहरु सहभागी हुनेछन् । उनीहरुमध्ये १४ जना खेलाडी छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न पठाइने बागमती प्रदेशका प्रतियोगिता संयोजक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल क्रिकेट संघले आयोजना गर्ने खेलमा सातै प्रदेशले सहभागिता जनाउनेछन् ।