हेटौंडाः हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेसँगै हेटौंडामा कांग्रेस निकट नेपाल विद्याथी संघका युवाले केपि ओली मुर्दावाद भन्दै प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयबाट निस्किएको विद्यार्थीको जुलुस पल्पसारोड, बुद्धचोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात कुमार दाहाल, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजीव सुवेदी, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, क्षेत्रीय सभापति सुवास सापकोटा, विद्यार्थी नेताहरु मिलन पुडासैनी, सन्तोष चौलागाईं लगायतको उपस्थिति थियो ।