Home मुख्य समाचार बिपन्न विद्यार्थीलाई स्वीटर वितरण

बिपन्न विद्यार्थीलाई स्वीटर वितरण

हेटौंडाः सनराईज युथ क्लब डुम्रेकुनाको आयोजना तथा श्री जालपा देबि मावि डुम्रेकुनाको भूपु विद्यार्थीहरुको सहयोगमा विद्यार्थीहरुलाई जाडोमा न्यानो स्वीटर वितरण गरिएको छ ।

मकवानपुरगढी–६ स्थित जालापा देबि माविमा आज ५० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको सनराईज युथ क्लब डुम्रेकुनाका सचिव तथा कार्यक्रम संयोजक अशोक स्याङतानले जानकारी दिनुभयो । मकवानपुरगढी–६ मा रहेको सबै विद्यालयहरुमा क्लबले जाडोमा न्यानोका लागि बालबालिकाहरुलाई स्वीटर वितरण गर्ने भएको छ ।

क्लबले अब मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ को जानकी मावि, ईश्वरी प्रावि, कालिदेवि थान प्रावि, नवज्योति प्रावि र बालज्योति प्राविका ५०/५० जना विद्यार्थीहरुलाई स्वेटर वितरण गर्ने भएको छ । विद्यालयमा अध्यनरत गरिब बिपन्न एबम् आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाइ जाडोबाट बच्न विभिन्न सहयोगीहरुबाट उठाइएको करिब १ लाख बराबरकोे स्वीटर वितरण गर्न लागिएको कार्यक्रम संयोजक स्याङ्तानले जानकारी दिनुभयो ।

Exit mobile version