Home मुख्य समाचार रमन्थलीमा व्यवस्थित फुटबल मैदान र पार्क बन्छः मेयर महत

रमन्थलीमा व्यवस्थित फुटबल मैदान र पार्क बन्छः मेयर महत

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित रमन्थलीमा रहेको पुरानो फुटबल मैदानको हेटौंडा उपनगरपालिकाका मेयर हरिबहादुर महत सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले स्थलगत अवलोकन गरेका छन् ।

मेयर महतले खेलकुद मैदानको अवलोकन गर्दै तत्कालको लागि रमन्थली पुरानो फुटबल मैदानलाई व्यवस्थित हिसाबले निर्माण गर्ने र साथमा सुन्दर पार्क सहित खुल्ला जिम क्लबको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । अवलोकनका क्रममा युवा क्लब, स्थानीय बासिन्दाहरुसँग त्यहाँको समस्याहरुको बारेमा समेत मेयर महतले जानकारी लिनुभएको छ । मेयर महतले मुख्य बाटोसँग जोड्ने १ सय ५० मिटर बाटोको स्याल्ब ढलान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

Exit mobile version