Home अर्थ/व्यापार प्रतिफल बचत तथा ऋण सहकारीको सातौं साधारणसभा

प्रतिफल बचत तथा ऋण सहकारीको सातौं साधारणसभा

हेटौंडाः हेटौंडा–२, मनकामनाचोकस्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दिलिश गोविन्द जोशीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा ज्येष्ठ सेयर सदस्य सुमित्रा कोइराला, असल ऋणी बल्लवी बानियाँ र असल बचतकर्ता भरतकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । पाँच सय ४७ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ६२ लाख ३१ हजार रुपैयाँ, बचत संकलन एक करोड ७१ लाख ८१ हजार रुपैयाँ रहेको छ भने ऋण लगानी दुई करोड ३० लाख ३४ हजार रुपैयाँ रहेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सहकारी विभागको निर्देशिकाअनुसार साधारणसभा सम्पन्न गरिएको सहकारीका सचिव कल्याण पौडेलले जानकारी दिनुभएको छ । साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version