हेटौंडाः मकवानपुर जिल्लामा सोमबार ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार साँझ हेटौंडा उपमहानगरपालिकाका १ जना महिला र ८ जना पुरुषमा कोरोना पुष्टि भएको विवरण हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको छ ।
कोरोना परीक्षका लागि सोमबार स्वाब संकलन गरिएका २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै हेटौंडाको गौरीटार आइसोलेसनबाट स्वाब नमूना संकलन गरिएको ४ जना कोरोना सङ्क्रमितहरुको रिपोर्ट नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो ।