सम्मानित विद्यार्थीसँग प्रयोगशालाका अधिकारीहरु ।

हेटौंडाः माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले विश्व माटो दिवसको अवसरमा जनप्रिय प्राविधिक शिक्षालयका उत्कृष्ट ३ विद्यार्थीलाई सम्मान गरेको छ ।

हेटौंडा–१६, हटियास्थित जनप्रिय प्राविधिक शिक्षालयमा कृषि संकाय अन्तर्गत दोस्रो वर्षको परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थी क्रमशः सुजता कुमारी बस्नेत, अञ्जली कुमारी क्षेत्री र नरेन्द्रप्रसाद पटेललाई नगदसहित सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट ३ विद्यार्थीलाई कृषि विकास निर्देशनालय हेटौंडाका रविन्द्र बहादुर प्रधानले नगदसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।