हेटौंडाः मकवानपुरमा १२ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार ३ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना, भीमफेदी गाउँपालिकाका एकजना र बारा जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामा बस्दै आएका एकजना छन् । बुधबार बिहान संकलित ४६ जनाको स्वाब नमूना परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!