हेटौंडाः हेटौंडा–१३ पदमपोखरी ठूलोथलीमा चार सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस १३ नम्बर वडा इकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको भेला तथा पार्टी प्रवेश कार्यक्रममा थिङ टोल, घलान टोल, वाईबा टोल, मजुवा, पदमपोखरी बजारका चार सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस हेटौंडा–१३ का वडा सभापति चम्फुरत्न लामाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यमा भेला तथा पार्टी प्रवेश कार्यक्रम भएको थियो । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुहुँदै नेता बानियाँले नेपालका कम्युनिष्टले सपनैसपना मात्रै बाँडेर गरिब, मजदुर, किसानको नाममा राजनीति गरी जनतालाई झुक्याएको बताउनुभयो । प्रचुर बहुमत ल्याएर सत्तामा पुगेको कम्युनिष्ट सरकार ३ वर्षमा चरम भ्रष्टाचारको दलदलमा फसेको भन्नुहुँदै नेता बानियाँले कांग्रेसले ईतिहासदेखि अहिलेसम्म बोलेको कुरा पुर्याएको र कांग्रेस परिवर्तनको बाहक रहेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार उमा दाहाल, क्षेत्रीय सभापति तारानाथ चौलागाई, क्षेत्रीय सदस्य लक्ष्मी थिङ्ग, नगर सभापति आनन्दराम पराजुली, तरुण दल नगर सभापति सुनिल गिरि, श्यामबहादुर थिङ्गलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।