प्रहरी चौकी बुढाथुम धादिङको नव–निर्मित भवनको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः बागमती प्रदेशमा धमाधम नवनिर्मित प्रहरी चौकि भवनको उद्घाटन हुँदैछ । बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा गतवर्ष निर्माण सम्पन्न हुनुपर्ने ४७ प्रहरी चौकि भवनहरुको चालु वर्षमा उद्घाटन् भइरहेको हो ।

हालसम्म प्रदेशको नुवाकोटमा ३ वटा, धादिङमा एक वटा प्रहरी चौकि भवनको उद्घाटन भइसकेको छ भने निर्माण सम्पन्न भएको ६ वटा प्रहरी चौकिको उद्घाटन गर्ने तयारीमा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरी चौकी बुढाथुम धादिङको नव–निर्मित भवनको मंगलबार उद्घाटन भएको छ । । १ करोड ६९ लाख ७ हजार ६ सय रुपैयाँको लागतमा भनेको सुविधा सम्पन्न प्रहरी चौकि भवनको बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संविधान सभाका पूर्व सदस्य धन बहादुर घले, आन्तरीक मामिला तथा कानुन मन्त्रायका सचिव मदन भुजेल, धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, गंगाजमुना गाँउपालिका अध्यक्ष बल बहादुर अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, गंगाजमुना गाउँपालिकाकी उपाध्यक्ष एन्जिला तामाङ लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।