हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटि, नेपाल निर्माण व्यवसायी संघ विभागले आज हेटौंडाको नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । विकास निर्माणमा काम गर्न निमार्ण इजाजत पत्र दिने प्रावधान रहेको र उक्त पत्र प्राप्त गर्न हेटौंडामा जटिल शर्तनामा भएकोले त्यसलाई खुकुलो बनाउन माग गर्दै आज नेकपाको निर्माण व्यवसायी संघ विभाग प्रमुख विशालराज महतले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

विकास निर्माणको इजाजत पाउने शर्तनामाले गर्दा युवाहरुले सुरुमा निर्माणको क्षेत्रमा काम गर्न इजाजत नपाउने तथा सिण्डिकेट लागू हुने भएकोले “घ” वर्गको इजाजत पत्र प्राप्त गर्न खुकुलो बनाउनुपर्ने विषयमा मेयर महतको ध्यानाकर्षण गरिएको छ । नयाँ निर्माण व्यवसायीहरुको पहुँच नपुग्ने र शर्तनामाको केही बुँदाले ठुला व्यवसायीको मात्र हालीमुहाली हुने भएकोले शर्तनामा खुकुलो बनाउन विषयमा आज छलफल गरिएको छ ।

मेयर महतले ज्ञापनपत्र बुझ्नुहुँदै यसबारे व्यवसायीलाई सहज बनाउन आफुले भूमिका खेल्ने तथा अहिलेको शर्तनामाबारे छलफल गर्ने बताउनुभयो । अहिलेको १८ बुँदे शर्तनामा कारण युवाशक्ति विकास निर्माणमा अगाडी बढने नभई युवाहरुलाई निरुसाहित भई पलायन हुदै विदेशीनु पर्ने कि त हत्तोसाहित हुदै लागू पदार्थको प्रयोग तिर लाग्ने, अपराधी गतिविधि तिर लाग्न सक्ने प्रवल सम्भावना भएकोले स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्दै शर्तनामालाई खुकुलो बनाई सहज वातावरण निर्माण गरिदिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । कार्यक्रममा निर्माण व्यवसायी सुबोध रिमाल, सिर्जनजी श्रेष्ठ लागयतको उपस्थिति रहेको थियो ।