Home मुख्य समाचार ४ करोड ३७ लाखको लागतमा निर्माण हुने बागमती प्रदेश सभाहलको शिलान्यास

४ करोड ३७ लाखको लागतमा निर्माण हुने बागमती प्रदेश सभाहलको शिलान्यास

बागमती प्रदेश सभा हलको शिलान्यास गर्नुहुदै सभामुख सानुकुमार श्रेष्ठ


हेटौंडाः बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको निर्माण हुन लागेको हलको आज शिलान्यास गर्नुभएको छ । ४ करोड ३७ लाखमा प्रदेश सभा हलको निर्माण सम्झौता भई अर्धखाजी/सगुन/पारामाउन्ट जेभिले आजबाट काम सुरु गरेको छ । २०७९ बैशाख २१ गतेसम्म हलको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनिले जनाएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएपछि प्रदेश सभा सचिवालयको परिसरमा आधुनिक प्रदेश सभा हलको निर्माण हुने भएको हो । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल्, उपसभामुख राधिका तामाङ, नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता इन्द्र बहादुर बानियाँ लगायत प्रदेश सभाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version