Home मुख्य समाचार कोभिड–१९ सम्बन्धी बागमती प्रदेश सभा सदस्यहरुको भूमिकाको विषयमा सेमिनार हुँदै

कोभिड–१९ सम्बन्धी बागमती प्रदेश सभा सदस्यहरुको भूमिकाको विषयमा सेमिनार हुँदै

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाका सदस्यहरुको लागि कोभिड–१९ सम्बन्धी भूमिकाको विषयमा एक दिने सेमिनार हुने भएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा भोलि शनिबार एक दिने सेमिनार हुने भएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

संघीय राष्ट्रिय सभा, बागमती प्रदेश सभा र डब्लुएचओको संयुक्त्त आयोजनामा सेमिनार हुन लागेको उहाँले जानकारी दिनुभयो । बागमती प्रदेशमा हालसम्म १ लाख १७ जहार १९७ जनामा कोरोना पुष्टि भएको छ भने ६ सय ३१ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

कोभिडको अवस्थामा डब्लुएचोले बागमती प्रदेश सभा सदस्यहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा सेमिनार गर्न लागेको सभामुख श्रेष्ठले बताउनुभयो । सभामुख श्रेष्ठका अनुसार बागमती प्रदेश सभाका सदस्यहरु र प्रदेशका सबै मन्त्रिहरु सेमिनारमा उपस्थिति हुनेछन् ।

Exit mobile version