हेटौंडाः साल्ट ट्रेडिङ कर्पोरेशनको हेटौंडास्थित कार्यालयले चाडपर्वको अवसरमा सहुलियत दरमा एक हजार सात सय ३४ केजी नुन विक्री गरेको छ । वर्षकै प्रमुख पर्व दशैं, तिहार र छठ पर्व लक्षित गरेर सञ्चालन गरिएको सहुलियत पसलबाट साल्ट ट्रेडिङले प्रतिकेजी १८ रुपैयाँमा नुन विक्री गरिरहेको छ ।

साल्ट ट्रेडिङले हेटौंडा–२, कान्तिराजपथस्थित चन्दन मिनि मार्केटमा सहुलियत पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङले चिनी पनि सहुलियतमा विक्री गर्ने भनेपनि चिनी भने ल्याउन सकेन ।