हेटौंडाः बागमती प्रदेशको मन्त्रालयका कर्मचारीहरुलाई २ दिने प्रस्ताव लेखनसम्बन्धी तालिम बुधबारबाट सुरु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आज तालिमको उद्घाटन गर्नुहुँदै तालिमले मन्त्रीपरिषद्को बैठकमा जाने प्रस्तावमा त्रुटि कम हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयका कर्मचारीले तयार गरेको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पुगेर पनि लेखन शैली नमिल्दा फिर्ता हुने गरेको भन्दै मन्त्रालयका सचिव तथा अधिकृत तहका कर्मचारीहरुलाई यो तालिम सञ्चालन गरिएको उहाँले बताउनुयभो । मुख्यमन्त्री पौडेलले तालिमको गम्भिरता, महत्व बुझ्दा प्रदेशमा तालिमको आवश्यकता भएको बताउनुभयो ।
बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशको प्रमुख सचिव डा. मान बहादुर बिक, नीति तथा योजना आयोग बागमती प्रदेशका कार्यबाहक अध्यक्ष श्याम बस्नेत लगायत मन्त्रालयका सचिव र अधिकृत कर्मचारीहरको उपस्थिति रहेको थियो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/11/mukhya-1024x472.jpg)
कार्यक्रमका बागमती प्रदेको प्रमुख सचिव डा. मान बहादुर बिकले बागमती प्रदेशले प्रदेश सुशासन केन्द्रले यस्तो तालिमको आयोजना गरी पाइटल गरेर हरेक स्थानीय तहमा पनि क्याबिनेट प्रणालीमा निर्णय तथा छलफल हुने वातावरण बनाउने योजना रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले यस्तो सुशासन र लेखन सम्बन्धी तालिम दिएर कर्मचारीलाई क्षमता वृद्धि गर्न लागिएको समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश सुशासन केन्द्रका निमित्त निर्देशक दिपेन्द्र सुवेदीले यो केन्द्रको पहिलो कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री कार्यालय अन्तर्गतको प्रदेश सुशासन केन्द्रले सुशासन सम्बन्धी, तालिम, प्रशिक्षण सञ्चालन गर्ने, पाठ्यक्रमको तयारी गर्ने, सेवा प्रवेश तथा सेवाकालीन तालिम सञ्चालन गर्ने, सेवा निवृत योजना, अध्ययन, अनुसन्धान तथा परामर्श सेवा दिने, ज्ञान व्यवस्थापन गर्ने, क्षमता विकासको गुणस्तर कायम गर्ने, लगायतको कार्यहरु गर्ने जानकारी दिनुभयो ।