सम्राट तुम्बाहाम्फे, मितिः २०७७ भाद्र २१ लेखकः ”नेपाल भारत सम्वन्ध“, विषयका अध्येता हुनुहुन्छ ।

विषय प्रवेशः
नेपाललाई पटक पटक नाकावन्दी गरेर अपमान जनक सास्ती दिने भारतीय शासक वर्गले व्रिटिस कालीन औपनिवेसिक रवैयाको व्यवहार गर्दै आएको छ । भनिन्छ मित्र फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन । नेपाल(भारत सम्वन्ध विगत र वर्तमानमा भएका व्यवहारहरुको समिक्षा गर्दै भविश्यको लागि ठोस राष्ट्रिय नीतिहरु, परराष्ट्र नीति र भारतप्रति नेपालको नीति निर्माण गरी दृढ राष्ट्रिय अडानका साथ कार्यन्वयन गर्न अघि वढ्नु पर्छ भन्ने अभिप्रायले यो लेख यहाँ प्रस्तुत गरिएको छ ।

सुगौली सन्धि पूर्वको स्थितिः
सुगौली सन्धि भएको ४ मार्च १८१६ का दिन देखि चुरे (शिवालिक) दक्षिण देखि गंगा नदी सम्मका पूर्वमा मेचि र टिष्टा वीच रहेका एवम् पश्चिममा महाकाली र किल्ला कांकडा वीच रहेको भूमिको रैथने नेपाली जनता भारतीय नागरिकमा परिणत भए ।

नेपाल(भारत सम्वन्धको सामान्य वर्डिकरणः
१. जनस्तरको सम्वन्धः
नेपालकी छोरी भारतको वुहारी, भारतको छोरो नेपालको ज्वाई, भारतीय र नेपाली आमावावुहरु सम्धी सम्धीनी हुने गरेका छन् । नेपाल(भारतको सम्वन्ध रोटी(वेटीको सम्वन्ध छ भन्ने कुरा सदियौ देखि भनिदै आएको पाइन्छ ।

२. कुटनीतिक स्तरको सम्वन्धः
नेपाल(भारतको सम्वन्ध त्यसमा कुटनीतिक स्तरको सम्वन्ध नेपालको परराष्ट्र मन्त्रालय एंव परराष्ट्र मन्त्री, परराष्ट्रमन्त्रालयका सचिव, राजदुतहरुवाट कुटनीतिक सम्वन्धका कार्यहरु भईरहेका छन् ।

३. राजनीतिक स्तरको सम्वन्धः
नेपाल एक सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र एवम् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । भारतमा समय समयमा नेपालका राष्ट्रपतिको भ्रमण, नेपालका प्रधानमन्त्रीको भ्रमण र आफ्ना समकक्ष सँग भेटघाट वार्ता एवम् सदभाव र दुई देश वीचका सम्वन्धका विकासका विविध पक्षहरु, आपसी हित र सहयोगको पक्षहरुमा कुराकानी हुदै आएका छन् । दलका प्रतिनिधिहरु र संसदका सांसदहरुको समय समयमा भ्रमण हुदै आएको छ ।

४. धार्मिक स्तरको सम्वन्धः
प्रायः नेपाली हिन्दु धर्मालम्वीहरु भारतको केदारनाथ, बद्रीनाथ, यमुनोत्री र गंगोत्री आदिमा भ्रमण दर्शन गर्न जान्छन् । त्यसरीनै भारतीय हिन्दु धर्मलम्वीहरु नेपालको पशुपतिनाग, मुत्तिनाथ, देवघाट र जानकी मन्दिरमा ओइरो लाग्ने गर्दछन् । त्यस्तै वौद्धमार्गीहरुको चारधाम सारनाथ, कुशीनगर, वौदगया र लुम्विनी छन् । (हिरण्यलाल श्रेष्ठः नेपाल(भारत सम्वन्ध पेनं. …)

५. सांस्कृतिक स्तरको सम्वन्धः
शैव संस्कृती समग्र विश्व सन्दर्भमा प्राचिन संस्कृति हो । हाम्रो देश र भारतका जनताको जनजातिय क्षेत्रमा शक्ति (मातृदेवी) पूजकहरुको सख्या ज्यादै विशाल छ । (मोदनाथ प्रश्रिद ”नेपाल भारत सम्व्न्ध“ पे.नं. …..) नेपालमा वौद्ध संस्कृति गुम्वाहरुमा रहेको मिक्षुहरुबाट वौद्ध दर्शन, शिक्षा र ज्ञानका प्रचारहरु भइरहेका छन् । लुम्विनी अन्तराष्ट्रिय प्सि सेन्टर जस्तै भएको छ । भारत नेपाल र विश्वका धेरै मुलुकका मानिसहरु आगमन हुने गर्छ । (हिरण्यलाल श्रेष्ठ ”नेपाल भारत सम्वन्ध पे.नं. ….)

६. योग सम्वन्धी ज्ञानको सम्वन्धः
पतञ्जली योग पीठ भारतको हरिद्धार नै योगको अन्तराष्ट्रिय केन्द्र हो । नेपालका यूवा, युक्ती र प्रौढ सवै उमेरका व्यक्तिहरु त्यहाँ गएर योग सम्वन्धी व्यवहारिक सैद्धान्तिक ज्ञानको प्रशिक्षण प्राप्त गरेर आउछन् । योगको ज्ञानको त्यहाबाट विश्वमानै ठुलो प्रभाव छ । योगको माध्यमबाट नेपाल(भारतको सम्वन्ध अत्यन्त राम्रो रहिआएको छ । (लेखकः) भारतले नेपाल लाई वर्तमानमा समेतगरी चार पटक सम्म नाकावन्दी लगाई सकेको छ ।

१. वि.सं. २०१९ को नाकावन्दीः
वि.सं. २०१८ साल असोज २१ गते नेपाल(चीन वीच सीमा सन्धीमा कोदारी राजमार्ग निर्माण गर्ने प्रस्तावमा तत्कालिन राजा महेन्द्र र चीनका राष्ट्रपति ल्यूसाओचीले उक्तः सम्झौतामा हस्ताक्षर गरेका थिए । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कोदारी राजमार्गको निर्माणको सम्झौताको कढा रुपमा विरोध गरे । यसलाई आधार मानेर भारतले नेपाललाई वि.सं. २०१९ वैशाख अन्तिम देखि अघोषित नाकावन्दी लागु गर्‍यो ।

२. वि.सं. २०२७ को सीमा नाकावन्दीः
नेपालको परराष्ट्र र रक्षा नीतिका केही प्रावधान भारतले भने बमोजिम नमानेको । अर्को चीन संग जोडिएको १८ वटा सीमा स्थानमा भारतले २००८ माघ २२ देखि तैनाथ गरि राखेको भारतीय सैनिक चेक पोष्ट नेपालले २०२७ असार ४ गते देखि हटाएकोले गर्दा वि.सं. २०२७ कार्तिक १६ गते रातको १२ वजे पश्चात भारतले नेपाल प्रवेश गर्ने वस्तुहरु माथि रोक लगाएर नाका वन्दी गर्‍यो ।

३. वि.सं. २०४५ को आर्थिक नाकावन्दीः
वि.सं. २०४५ चैत्र १० देखि नेपालको भारत संग जोडिएको पारवहानका मूल १० नाका र अन्य ११ नाकामा भारतले एकाएक नाकावन्दी गर्‍यो । यसका कारणहरुः (१) नेपालले चीनबाट हतियार भित्रयाएको (२) भारतको प्रस्तावित सम्झौता नेपालले नगरेको (३) राजीव गान्धी र राजा विरेन्द्र वीच प्रोटोकलको मतभेद भएको (४) सोनिया गान्धीलाई पशुपतिनाथको दर्शन गर्न नदिएको झोक (५) व्यापार पारवहन सन्धीको म्याद समाप्त हुने स्थिति भएको ।

४. वि.सं. २०७२ को सीमा नाका वन्दीः
वि.सं. २०७२ अशोज ७ गते देखि अधोषित नाकावन्दी नेपाल माथि लगाइयो । यसो गर्नका कारणहरु ६ वटा भएको भारतले वताएको छ । (१) मधेश समस्या समाधानका लागि पहल नगरेको (२) नयाँ संविधान जारी गर्न केही साता ढिला गर्न भारतले गरेको अनुरोध नेपालले स्वीकार नगरेको (३) नेपाल वारे दिल्लीमा अतिरञ्जित जानकारी प्रवाह भएको (४) नेपालको मैदानी भागमा तनावको गतिविधिले विहार राज्यको निर्वाचनमा प्रभाव पार्छ भनिएको (५) भारतीय यातायातकर्मीको सीमामा सुरक्षाको चासो लिइएन भनिएको (६) लिपुलेक सीमा बारे नेपालले आवाज उठाएको ।

अन्तराष्ट्रिय कानुन(नियमले(नाकावन्दी गर्न नमिल्नेः
केही महत्वपूर्ण बुँदाहरुः
१. भारतले नेपालसँग भु(परिवेष्ठित राष्ट्रका रुपमा सन्धी गरेको छ । उक्त सन्धिलाई लथ्याएर नाकावन्दी गर्नु कानुन सम्मत हुदैन ।
२. सार्क वडापत्र अनुसार नाकावन्दी गर्न मिल्दैन ।
३. नेपाल भारत वीच व्यापार तथा पारवहन सन्धि छ । जसमा तेस्रो मुलुकबाट आएको कुनै पनि सामानलाई वाटामा अवोध पुर्‍याउन पाइदैन ।
४. भुपरिवेष्ठित राष्ट्रको लागि विनारोकतोक मालसामान ल्याउन लैजान ट्रान्जिट सुविधा दिनु पर्ने विश्व व्यापार संगठन (नेपाल भारत सदस्य रहेको) को दफा ५ मा उल्लेख छ । अन्तराष्ट्रिय वजारमा आयात निर्यातमा रोकलगाउन नपाइने व्यवस्था छ ।
५. संयुक्त राष्ट्रसंघको अन्क्लोस (ग्ल्ऋीइक्० कानुनले भुपरिवेष्ठित मुलुकलाई समुन्द्र सम्म पहुँच दिनुपर्ने उल्लेख छ ।
६. ग्याट ९न्ब्त्त्० को दफा नं. ५ अनुसार भुपरिवेष्ठित राष्ट्रले रोजेको सुविधायुक्त रुट उपयोग गर्न छिमेकी देशले दिनुपर्ने प्रवाधान छ ।
७. खुला विश्व अर्थतन्त्रमा भारतले नेपालालाई नाकावन्दी गर्नु भनेको भारतको नेपाल नीति असफल हुनु हो । विश्वमा भारतको छवि धुमिल हुुनु हो ।
८. नाकावन्दी गर्नु भनेको हेल सिन्की अभिसन्धि अनुसार कुटनितिक मर्यादाको उलङ्घन हो ।
९. नेपाललाई भारतीय आयल निगमले इन्धन आपुर्ति गर्ने दुई देश वीच सम्झौता गरेको छ ।
१०. मानव अधिकार सम्वन्धी अन्तराष्ट्रिय परिपाटी तथा अध्यासले पनि भुपरिवेष्ठित देशलाई नाकावन्दी गर्न मिल्दैन ।

नेपाल र भारतका वीचमा रहेका समाधान गर्नु पर्ने प्रमुख विषयहरुः
१. नेपालको आन्तरीक मामलामा हस्तक्षेप ।
२. सन् १९५० को असमान सन्धी ।
३. कोशी, गण्डक, महाकाली नदी लगायत विगतमा नेपाल ठगिएको र नेपालले पाउनुपर्ने क्षतिपुर्ति ।
४. सुस्ता, महेशपुर, माने भन्ज्याङ्ग लगायत विभिन्न स्थानमा अतिक्रमण ।
५. भारतले वनाएका बाँधहरु जस्तै रौतहट पारिपट्टि वाँधिएको चक्रीय वाँध, रुपन्देही सिद्धार्थ नगरको दक्षिणमा डन्डा खोला र मर्चवारको खुर्दलौटन वाँध, कपिलवस्तुको दक्षिणमा रहेको महली सागर वाँध, वाँके जिल्लाको दक्षिणमा रहेको लक्ष्मणपुर वाँध इत्यादी ।
६. खुला सिमानाका कारण नेपाल र भारत दुवैतिर वाट मानिसहरुको अनियन्त्रीत आवागमन र वसोवास ।
७. नेपालले विना सर्त र अविछिन्न रुपमा पाउनुपर्ने पारवहन सुविधाको अधिकार ।
८. भारत संगको नेपालको अनियन्त्रित व्यापार धाटा र नेपाली कृषि उत्पादन भारत निर्यातमा लगाइने गरेको अघोषित नियन्त्रण वा रोक आदि ।

भारतले अतिक्रम गरेको नेपालको भूमिः
भारतले नेपालसँग १ हजार ८ सय ८ किलोमिटर लामो सीमा रेखा गासिएको नेपालको २६ जिल्ला मध्ये २१ जिल्लाको ७१ ठाउँमा ६० हजार ६ सय ६२ हेक्टर नेपाली भुमि माथि अतिक्रमण, विवाद, मिचान, मेरो भन्दै पार्दै आएको छ । यस मध्ये कालापानी, लिम्पीयाधुरा (अतिक्रमित ३७ हजार हेक्टर सुस्ता क्षेत्र १४ हजार ५ सय हेक्टर र अन्य वाँकी ६९ स्थानको करीव ९ हजार १ सय ६२ हेक्टर क्षेत्रफल छ) नेपालको यतिका ठाउँहरुमा भूमि सीमा अतिक्रमण तथा मिचिएको हेर्दा नेपाल भारतको सम्वन्धमा प्रत्येक नेपाली जनताको मुटु जोडसँग दुख्छ र रगत उम्लिएर आउछ ।

भारतले फिर्ता गर्नु पर्ने नेपालको भूमिः
भारतले शारदा व्यारेज वनाउँदा नेपालले भारतलाई १९७७ साल साउन २२ मा प्रदान गरेको कन्चनपुर क्षेत्रको ४ हजार १ सय ३०.५५ एकड जमिन मध्ये ३६.६७ एकड (२ सय ९१.७ रोपनी) जमिन नेपालले आज सम्म फिर्ता पाउन सकेको छैन । (वुद्धिनारायण क्षेष्ठ “नेपाल भारत सम्वन्ध पे.नं. …)

भारतीय परराष्ट्र नीति निर्माणमा जासुसी संस्था हावीः
भारतीय परराष्ट्र नीति निर्माण गर्ने क्रममा त्यहाँको जासुसी संस्था ”रअ“ कर्मचारी तन्त्र, वहालवाला सैनिक नेतृत्व भुतपूर्व मेजर नजरल र भूतपूर्व सचिवहरु समेत हावी हुने गरेका छन् ।

असफल भारतीय परराष्ट्रनीतिः
भारतीय कुटनीतिको समस्या के हो भने त्यहाँ विभिन्न गुप्तचर निकायहरु नीति निर्माता वनेका छन् । जासुसको काम जेमा पनि शंका गर्नु हो । त्यसैले उनीहरुले नेपालका हरेक सहिकदममा शंका गर्दछन् । भारतका छिमेकीहरु श्रीलङ्का, पाकिस्तान, वङगलादेश र भुटान सँग आदि देशहरुमा सकैसँग पनि भारतको राम्रो सम्वन्ध छैन । (लोकेन्द्र वहादुर चन्द, पूर्व प्रधानमन्त्री, नेपाल भारत सम्वन्ध पे.नं. ५०(६१)

नेपालको मन्त्री परिषदको वैठकमा भारतीय राजदुतः
२००७ पछि भारतीय प्रशासनका व्यक्तिहरु अर्थात राजदुतनै नेपालको मन्त्री परिषद (क्यावनेट) मा वसेर जे चाह्यो त्यही अनुरुप को निर्णय गराउन सक्थे । (लोकेन्द्र वहादुर चन्द, पूर्व प्रधानमन्त्री, नेपाल भारत सम्वन्ध पे.नं. ५०(६१)

नेहरु डक्ट्रीनः
उत्तरी हिमालयलाई भारतले आफ्नो सुरक्षा सीमा (सेक्युरिटी फ्रोन्टायर) वनाउन पर्दछ भन्ने मान्यता स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवहारलाल नेहरुवाट भएको थियो । (यसको अर्थमा भारतको सिमा कब्जा भित्रनै नेपाद पर्दछ) ।

घोर अपमान जनक महाकाली सन्धीः
वि.सं. २०४८ मा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला भारत भ्रमणमा गए र उनले नेपालले दुई मेघावाट मात्र विजुली पाउने गरी महाकाली नदी सम्वन्धी हस्ताक्षर गरेर आए । यो नेपालको लागी घोर अपमानजनक भएको अनुभुति भयो । संसदमा चर्काचर्की वहस भयो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो सन्धी होइन समझदारी मात्र हो भने यो मुद्धा सर्वोच्च अदालतमा पुग्यो, अदालतले यो विषय समझदारी होइन सन्धी नै भएको हो, त्यसलाई तत्कालिन संविधानको धारा १२६ अनुसार संसदको दुई तिहाई वहुमतले अनुमोदन गर्नु पर्ने राय दियो । उक्त विषय नेपाल राष्ट्र व्यापी धेरै ठुलो तनाव उत्पन्न भयो । यही विषयलाई लिएर तत्कालिन प्रमुख प्रतिपक्ष दल विभाजित हुन पुग्यो । (सुर्य नाथ उपाध्याय, नेपाल भारत सम्वन्ध पे.नं. २३१(२५९)

भारतमाथि परनिर्भर व्यापारः
नेपाल राष्ट्र वैंकबाट प्रकाशित तथ्याङ्क अनुसार आर्थिक वर्ष २०४५-०४६ मा नेपालको कूल वैदेशिक व्यापारमा भारतको अंश २५.६ प्रतिशत थियो, त्यो वढेर आ.व. २०५५-०५६ मा ३६.२ प्रतिशत पुग्यो । आ.व. २०७१÷०७२ सम्म आइ पुग्दा त्यो निरर्भरता द्रुतगतिमा वढेर ६३.७ प्रतिशत पुग्यो । (डा.गोविन्द थापा, नेपाल भारत सम्वन्ध पे.नं. २६०(२०७४)

भारतको यथार्थको स्थिति एवम् आडम्वरः
नेपाल भन्दा भारतको क्षेत्रफल २२ गुणा ठुलो, जनसख्यामा ४४ गुणा ठुलो, आर्थिक स्थिति विश्वको आठौं स्थान, प्राविधिक र विज्ञानमा धेरै अगाडी र सैन्य शक्तिमा विश्वमा नै मजवुद भएको । दक्षिण एशियामा मात्र होइन विश्वमानै आपूm वरिष्ठ देश भन्ने दावी गर्दै चारैतिर आडम्वरले ओतपोत भएको व्यवहार गर्दछ । (वुद्धिनारायण श्रेष्ठ, नेपाल भारत सम्वन्ध पे.नं. ….)

गृह एवम् उप प्रधानमन्त्री सरदार पटेलको चिठ्ठीः
प्रधानमन्त्री जवाहरलाल नेहरुलाई चिठ्ठी लेख्दै गृह तथा उपप्रधानमन्त्री सरदार वल्लभभाई पटेलले हामीले हाम्रो उत्तरी र उत्तर पुर्वी सिमान्त क्षेत्रको राजनीतिक र प्रशासनिक पाइला सुदृढ पार्ने कदम चाल्नु पर्छ । यसमा नेपाल, भुटान, सिक्किम, दार्जिलिङ्ग र आसामको जातीय सीमा समेत सम्पूर्ण सिमानामा समावेश रहने छन् ।

नेपालको शन्ति क्षेत्रको प्रस्तावः
नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस भन्ने प्रस्ताव तत्कालिन राजा विरेन्द्रको राज्यभिषेकका दिन २०३१ फाल्गुन १३ गते नेपालले विश्वसमक्ष् राख्यो । यस प्रस्तावलाई २०४५ चैत्र २६ गते सम्ममा संसारका १ सय १६ देशले समर्थन गरे तर भारतले गरेन ।

सम्वन्धमा नयाँ आयाम र चाकढीको परम्परा प्रवलः
आफ्नो कुर्चि जोगाउन चाकढीको भ्रमणमा दौडी हाल्ने परम्परा प्रवल रुपमा कायम रहदै आएको छ । उदाहरण विगतमा ८पटक प्रधानमन्त्री भएका सुर्य वहादुर थापा र ६ पटक सम्म प्रधानमन्त्री भएका गिरिजा प्रसाद कोइरालाले यस्तै परम्परा कायम राख्दै आएका थिए । कोशी, गण्डकी र महाकाली नदीको जलस्रोतको उपयोग सम्वन्धी नेपाल र भारतका वीचमा भएका सन्धिहरु सर्वाधिक विवादस्पद र भारतलाई मात्रै एक तर्फी फाइदा हुने खाल्का छन् । टनकपुरको विवादलाई समाधान गर्न भनी गरिएको एकिकृत महाकाली सन्धी र पञ्चेश्वर वाध परियोजना कागजमा मात्र सिमित रहेको छ । ….०७ मा राजा त्रिभुवनलाई वोलाएर दिल्लीमा शरण दिइयो अर्कोतिर त्यसै समयमा राणा प्रधान मन्त्री मोहनशम्शेरलाई वोलाएर सन् १९५० को असमान र अपमान जनक सन्धी गराइयो ।

उक्त सन्धीले कुनै देशका कुनै पनि मानिसहरुलाई नेपाल सरकारले काममा लगाउन नपाउने भयो तर नेपालीहरुलाई वेलायती फौजमा भर्ना गर्न थालियो । गोर्खा भर्ती यथावतनै रहेको छ र यस्तो अपमान जनक गोर्खा भर्तीको खारेजीको माग चारैतिर घन्किएर जोडदार सँग आएको छ ।
सार्क देशहरुका सम्वन्धमा भारतीय भुमिका हेपाह खाल्को रहि आएको छ । धेरै वर्ष वितिसक्दा पनि आज सम्म पञ्चेश्वर जलविद्युत परियोजनाको विस्तृत परियोजनामा प्रतिवेदन (डी.पी.आर) समेत वन्न सकेको छैन । (सुर्यनाथ उपाध्याय, नेपाल भारत सम्वन्ध पेज नं. २३१(२५९)

भारत स्वतन्त्र हुनु अधि ५ सय ६२ वटा स्वतन्त्र देश वा भुरे टाकुरे राजाहरुका अधिनस्थ राज्यहरु थिए, जो व्रिटिस इण्डियामा समावेश थिएनन् । भारतले नेपालको भु भागनै कब्जामा पारिदिने सीमा स्तम्भ गायव गरि दिने, सारिदिने जस्ता छ्रुद्र कामहरुमा निरन्तरता देखिएको छ । भारतले सिक्कीमलाई ज्यादै धिनलाग्दो षडयन्त्रका साथ आपूmमा विलय गरायो । अहिले जस्तो वारी नेपाली र पारी चिनियाँ सुरक्षा कर्मी पो हुनु पर्ने तर अचम्म नेपाल र चीनको सीमानामा भारतीय सैनिकहरु राखिएका थिए । नेपालमा इतिहासका विभिन्न काल खण्डमा भारतले नेपाल प्रति एउटै खाली हेपाह नीति लिएर निकृष्ट व्यवहार गर्दै आएको छ ।

अन्त्यतिर १. सन् १९५० को नेपाल(भारत, सन्धी असमान र अपमान जनक छ, विद्यमान परिस्थितिमा काम नलाग्ने अत्यन्त पुरानो कुहिएको अवस्थामा भइसकेको छ । आजको समाज देश धेरै अगाडी विकसित भइसकेको छ, देश एवम् जनता र भावी सन्ततीहरुलाई वदलिएको समय, परिस्थिति सँगै अपडेड गराउदै अधिवढ्नु पर्दछ । अतः यसलाई यथाशीघ्र खारेज गर्नु पर्दछ । समान्ताको आधारमा नयाँ ठोस एवम् वैज्ञानिक नीतिको आधारमा सन्धी गरिनु पर्दछ । सन् १९६५ मा अम्स एग्रिमेन्ट वा हतियार तथा सुरक्षा सम्वन्धी गोप्य सम्नधी विलकुलै काम नलाग्ने भएकोले यसलाई यथाशीघ्र खारेज गर्नु पर्दछ ।

नेपालमा रहेको भारतीय सैनिक मिसन तत्काल हटाउनु पर्दछ, यो नेपालको नेपाली सार्वभौमसत्ताको विरुद्धमा छ । यसले नेपाल र भारतको वीचमा निरन्तर अविश्वासको संकटको स्थिति सृजना गरेको छ ।

निष्कर्षः
१. सर्व प्रथम देशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वामीमानी, मजवुद र सम्पन्न वनाउन दीर्घकालिन रणनीति तय गर्ने त्यसै अनुरुप वैज्ञानिक नीति निर्माण गरेर लागु गर्ने ।
२. हाम्रो परराष्ट्रनीति एवम् भारतीय प्रतिको दृष्टिकोण सहितको ठोसनीति सम्वन्धीत विशेषज्ञहरुसँग छलफल/वहस गरेर निर्माण गर्ने र अन्य जिम्मेवार पक्ष्हरुसँग एकताको सहमति गरेर पूर्ण तयारीका साथ भारतीय पक्षसँग वार्ता गर्ने वार्तामा वस्नु पूर्व देशको कार्यकारीणी प्रमुखको मार्ग निर्देशनमा जाने र सम्वाद राख्ने ।
३. वार्तामा वस्ता भातीय पक्षका अगाडी हिनता वोध लिएर लत्रेर वस्ने होइन, हाम्रो ठोस नीतिको आधारमा प्रमाणहरु उदाहरण साथै गहन अध्ययन अनुसन्धानका तयारीका साथ राष्ट्रिय स्वाभिमानका राष्ट्रिय स्वाधिनताका साथ दृढ अडानका साथ आफ्ना भनाइहरु राख्दै जाने विगतको सन्धिमा जस्तो नेपाल ठगिने तल पारिने कुरामा फस्नु हुदैन सन्धिको वुँदाहरुलाई मसिनो प्रकारले केस्रा केस्रा गरेर केलाउनु पर्छ । नेपालाई नठगुन, भारतलाई पनि नठगु । समान्ताको आधारमा सन्धिको हस्ताक्षर गरौ ।
४. नेपाल संयुक्त राष्ट्र संघको सदस्य हो, साथै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको सदस्य पनि हो । आजको नेपाल छिमेकी मित्र देशहरु सँग अन्य विश्वकै देशहरुसँग मित्रतापूर्ण सद्भाव राख्दै कुटनीतिक शिष्टाचारको मर्यादा पालन एवम् व्यवहार गर्दै आपसी सहयोग र विकासका मैत्रीपूर्ण सम्वन्धहरुलाई वरकरार राख्न आजको नेपाल त्यो हैसियत राख्दछ ।