Home कला देउसी गीत सार्वजनिक

देउसी गीत सार्वजनिक

हेटौंडाः नजिकिँदै गरेको नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै शनिबार मकवानपुरे गायक सुशील थिङको कोसेली स्वरुप ‘हामी देउसी भाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हेटौंडामा पत्रकार सम्मेलन गरेर थिङको स्वर-लेखन एव्म संगीत रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा विक्रम लुङ्बाको छायाङ्कन एवम् सम्पादक रहेको छ भने म्युजिक भिडियोको निर्देशन धिरेन लामाले गर्नुभएको बताइएको छ । म्युजिक भिडियोमा मकवानपुरकै कलाकारहरु सचिन वाईबा, निरु थिङ, प्रकाश तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियो करिब १ लाख रुपैयाँ लागतमा तयार भएको बताइएको छ ।

Exit mobile version