हेटौंडाः हेटौंडा–४ स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको दसौं वार्षिक साधारणसभा सुरु भएको छ । कार्तिक १२ गतेबाट सुरु भएको साधारणसभा कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण एकैदिन साधारणसभा आयोजना गर्न सम्भव नभएपछि सहकारी विभागले जारी गरेको नयाँ मापदण्डअनुसार दुईसाताको समय राखेर साधारणसभाको आयोजना गरिएको सहकारीका सचिव विरेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ ।
नौं सय ६१ जना सेयर सदस्य रहेको सहकारीको सेयरपुँजी एक करोड ३४ लाख रुपैयाँ रहेको छ । सहकारीले पाँच करोड ६७ लाख ७३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने सात करोड ९२ लाख २२ हजार रुपैयाँ ऋण लगानी रहेको छ । हेटौंडा–४, अजरअमररोडस्थित कार्यालयमै सहकारीका सदस्यलाई उपस्थित हुन सूचित गरेर सेयर सदस्यलाई उपस्थिति जनाउन र आवश्यक सल्लाह सुझाव दिन आग्रह गरिएको सहकारीका सचिव वीरेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ ।