हेटौंडाः मकवानपुरमा सोमबार बिहान कोरोना सङ्क्रमित २४ जना थपिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगर क्षेत्रका १६ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका ३/३ जना, बकैया गाउँपालिकाका एकजना र प्युठान जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित मध्ये १६ जना पुरुष र ८ महिला रहेका छन् ।