हेटौंडाः वडा दशैंमा विपन्न समुदायलाई लक्षित गरेर मकवानपुर उद्योग वाणिज्य सङ्घले हिजोबाट राहत वितरण गर्न सुरु गरिएकोमा आज एक सय जनालाई राहत वितरण गरिएको छ ।
कोभिड–१९ का कारण प्रभावित विपन्नलाई दशैंको अवसरमा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । सङ्घका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष उत्तम प्रसाद ढकालको प्रमुख आतिथ्यमा आज राहत वितरणको काम गरिएको सङ्घले जनाएको छ । ४ केजी चिउरा, आधा लिटर तेल, एउटा साबुन, तीन प्याकेट बिस्कुट, एक केजी नुन, मसला वितरण गरिएको छ ।