Home कला छोरी–चेलीको प्रश्न

छोरी–चेलीको प्रश्न

रचना भण्डारी कृष्ण आदर्श बोर्डिङ स्कूल, हेटौंडा–९, मकवानपुर

हामी छोरी–चेलीको मनमा
सधै केही प्रश्नहरु गुन्जिरहेको हुन्छ ।
यी प्रश्नहरु कसैलाई त सोध्नु पर्छ ।
तर कस्लाई सोध्ने ?
कस्ले दिन्छ हामीलाई उत्तर ?
भन न सरकार, कस्ले दिन्छ हामीलाई उत्तर ?
हरेक दिन बलात्कारको खबर सुन्छौं
यस घटनाबाट सधै हामी त्रसित हुन्छौं
कहिले त रोकिएला नि भनेर सधै हामी सोच्छौं
तर कहिले रोकिन्छ बलात्कार भनेर कस्लाई सोध्ने ?
कस्ले दिन्छ र हामीलाई उत्तर ?
भन न सरकार, कस्ले दिन्छ हामीलाई उत्तर ?
सुन्यौ कि फेरि एक छोरी माथि तेजाब प्रहार भयो
कयौं वर्षदेखि सजाएको त्यो मुहार एकैछिनमा जलेर गयो
सधैं मनमा एउटा डर बसेको हुन्छ कि
कहि यो घटना हामीसँग भयो भने के गर्ने ?
तर, कहिले रोकिन्छ तेजाब प्रहार भनेर कस्लाई सोध्ने ?
कस्ले दिन्छ र हामीलाई उत्तर ?
भन न सरकार, कस्ले दिन्छ हामीलाई उत्तर ?

Exit mobile version