हेटौंडाः मकवानपुर जिल्लामा आजै थप ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसअघि आज बिहान मकवनपुर जिल्लामा ७९ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले आज दिउँसो जारी गरेको विवरण अनुसार ३४ जना हेटौंडा उपमहानगरपालिकाका, थाहा नगरपालिकाका ३ जना, कैलाश र मनहरी गाउँपाकिलाका १/१ जनामा सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । यस्तै जिल्ला बाहिर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।