सांकेतिक चित्रः गुगल ।


हेटौंडाः उपचारको क्रममा शनिबार साँझ ५ बजेको समयमा मृत्यु भएका मकवानपुरको बागमती गाउँपालिका–६, फापरबारीकी ८५ वर्षीया वृद्धामा कोरोना सङ्क्रमण रहेको भनी अस्पतालले विवरण सार्वजनिक गरेको थियो ।

तर, चितवन मेडिकल कलेजले वृद्धाको शुक्रबार सङ्कलित स्वाब नमूनाको शनिबार राती परीक्षण रिपोर्ट प्राप्त हुँदा वृद्धा कोरोना सङ्क्रमणमुक्त रहेको जनाएको परिवारका सदस्यले जनाएका छन् । वृद्धामा कोरोना सङ्क्रमणमुक्त रहेको भन्दै अस्पतालले परिवारलाई शव बुझाएको बागमती–६, फापरबारीका खेम जर्गा मगरले जानकारी दिनुभएको छ । लडेर करङ्ग भाँचिएपछि उपचार गरेर फर्किएकी वृद्धामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते उपचारका लागि चितवन लगिएको थियो ।