Home मुख्य समाचार मकवानपुरमा २४ जना सङ्क्रमित थपिए

मकवानपुरमा २४ जना सङ्क्रमित थपिए

हेटौंडाः मकवानपुरमा २४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार सङ्कलित स्वाब नमूनाको परीक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका १८ जना छन् भने मकवानपुरगढी गाउँपालिकाका एकजना छन् । यस्तै मकवानपुर जिल्लामै बस्दै आएका ललितपुर, सिराहा र सिन्धुलीका १/१ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Exit mobile version