हेटौंडाः जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा अधिवक्ता ऋषी केबी निर्विरोध चयन हुनुभएको छ । भोलि शनिबार निर्वाचन हुने भनिए पनि प्रगतिशील कानुन व्यवसायीको तर्फबाट मात्रै उम्मेदवारी परेका कारण उहाँ निर्विरोध चयन हुनुभएको हो ।

प्रजातान्त्रिक कानुन व्यवसायीले आफ्नो उम्मेदावरी दर्ता नगराएपछि निर्विरोध रुपमा जिल्ला अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षतामा ऋषी केबीसहित उपाध्यक्षमा राम प्रसाद रिमाल, सचिवमा जयराम सुवेदी, सह–सचिवमा शान्ति माया मुक्तान, कोषाध्यक्षमा रमीता चौलागाई, केन्द्रिय पार्षदमा अज्मीर केसी चयन हुनुभएको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले बताउनुभयो । यस्तै सदस्यमा भने कसैको पनि उम्मेदवारी नपरेका कारण चयन नभएको उहाँले जानकारी दिनुभयो ।