Home मुख्य समाचार मन्त्री जम्कट्टेलले गरे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको स्थलगत अवलोकन

मन्त्री जम्कट्टेलले गरे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको स्थलगत अवलोकन


हेटौंडाः बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले आज बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत भ्रमणको क्रममा मन्त्रालयका सचिव मदन भुजेलको पनि सहभागिता रहेको थियो । मन्त्री जम्कट्टेलले आज प्रदेश प्रहरी कार्यालयमा सम्बोधन पनि गर्नुभएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त लामाले मन्त्री जम्कट्टेलसमक्ष कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

मन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारको बजेटबाट निकट भविष्यमा निर्माण हुने प्रदेश प्रहरी मुख्यालयको भवन निर्माणको पनि स्थलगत अवलोकन गर्नुभएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

Exit mobile version