हेटौंडाः विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय मकवानपुरले शुक्रबार प्रथम सेवाग्राहीलाई सम्मान गरेको छ । प्रथम सेवाग्राहीलाई खादा ओढाएर सम्मान गर्नुका साथै डायरी र पेन प्रदान गरिएको जिल्ला हुलाक कार्यालय मकवानपुरको जिन्सी शाखाका खरिदार भुपेन्द्र चौलागाईले जानकारी दिनुभएको छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/10/hulak.jpg)
उहाँका अनुसार विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय परिसरको सरसफाई गर्नुका साथै फलफुल तथा फुलका बिरुवा समेत रोपिएको छ ।