अस्मिता कार्की

आजको एक्काइसौं शताब्दीमा हामी महिला र पुरुष बराबरी भनेर नारा लगाउँ दैडी रहेको अवस्थामा के हाम्रो सोच र व्यवहारमा पनि महिला र पुरुष बराबर छन त ?

हामी  विभिन्न नारा लगाएर महिला र पुरुष बराबरी हुनुपर्छ महिला र पुरुषमा गरिने व्यवहार समान हुनुपर्छ भनेर हिँडिरहँदा हामी आफैले पनि यो काम पुरुषको यो काम महिलाको महिला भएर यस्तो गर्नुपर्छ पुरुष भएर यस्तो गर्नु पर्छ भनिरहेका छौं । के साँच्चै हाम्रो व्यवहारमा परिवर्तन आएको हो त ?

यो प्रसङ्ग एउटा शिक्षित किशोरिबाट आएको हो । उहाँले आफ्नो फेसबुकमा वरिपरि टन्नै भाडाहरु रहेको त्यस भाडाहरुको बिच्चमा एऊटा किशोरी भएको फोटो पोस्ट गर्दै भन्नु हुन्छ, लहै केटीहरु दशैंको  एड्भान्स  शुभकामना । के यो भाँडा माझ्ने काम महिलाको मात्र हो र ?  अब यो फेसबुकमा पोस्ट भएको फोटोले के सन्देश देला् ?  हामी एक महिला भएर आफैले आफैंलाई होच्याइरहेका छौं । हामी एक महिला भएर समान व्यवहार चाहन्छौं भने पहिला हामीले आफ्नो सोच बदलिनु पर्छ यो काम महिलाको यो काम पुरुषको भन्ने हुँदैन आफुले सकेको र आफूले भ्याएको अवस्थामा जुनसुकै काम जसले गर्दा पनि हुन्छ । यदि हामी समानताको लडाईं लडिरहेका छौं भने पहिला आफ्नो सोच परिवर्तन गर्न सक्नुपर्छ । र आफ्नो सोच अनुसार नै व्यवहारलाई पनि परिवर्तन गर्न सक्नुपर्छ ।

यदि साँच्चै नै हामी महिला र पुरुषमा समान व्यवहार चाहन्छौं भने पहिले आफू स्वयं व्यक्ति बदलिन आवश्यक छ । अनि बल्ल समाज बदलिन्छ ।

नोट: परिवर्तन आफैँबाट
समान व्यवहार सम्मान परिवर्तन

राष्ट्रिय रोटरी मावि, कक्षा १२, मनहरी