हेटौंडाः मकवानपुर जिल्लामा ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार राती प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिकाका ६२ जना, जिल्लाबाहिरका २ जना र भीमफेदी गाउँपालिकाका २ जना गरी ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । हेटौंडा–४ का ११ जना, हेटौंडा–५ का ९ जना, हेटौंडा–११ का ९ जना, हेटौंडा–८ का ७ जना सङ्क्रमित भएका छन् । नगरका १९ वटा वडा मध्ये १३ वटा वडाका नागरिक सङ्क्रमित भएका छन् ।