हेटौंडाः लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डले हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनलाई खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लबले दुई बोरा चामल, दाल, चिनी, चियापत्ति, तेल, विस्कुट, पिठो, नुन लगायतका सामग्री सहयोग गरेको कार्यक्रम संयोजक अप्सरा मानन्धरले जानकारी दिनुभएको छ ।

कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ की क्षेत्रीय प्रमुख अंकिता सुमार्गीको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी अध्यक्ष रश्मि बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ की जोन चेयरपर्सन शोभा श्रेष्ठ, दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डका पूर्व अध्यक्षहरु माधवी बोस, आशिका श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।