हेटौंडाः हेटौंडाका ९ जनामा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा–४ का १५ वर्षीया किशोरी, हेटौंडा–५ का ३२ वर्षीय पुरुष, हेटौंडा–९ का २९ र ५४ वर्षीया महिला, २५, ४९ र ६५ वर्षीय पुरुष, हेटौंडा–१० की २० वर्षीया युवती र हेटौंडा–१३ की २३ वर्षीय युवतीमा कोरोना संक्रमित भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
गत मंगलबार संकलित स्वाब नमूनाको परीक्षण नतिजा आज आएको हो ।