हेटौंडाः आज हेटौंडा उपमहानगरपालिकाले ३ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आज एक कार्यक्रमका बीच ३ वटा हाते ट्रयाक्टर अनुदान स्वरुप वितरण गर्नुभएको हो ।

व्यावसायिक कागती खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, नकौलीका ३ वटा कृषक समुहलाई अनुदान स्वरूप वितरण गरिएको हो । हाते ट्रयाक्टर वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।