सांकेतिक चित्रः गुगल ।

हेटौंडाः आज दिउँसो सवा १ बजेको समयमा भएकोे दुर्घटनामा परि घाइते भएका बकैया–५ का ३१ वर्षीय ईन्द्रबहादुर थिङको मृत्यु भएको छ । उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

कान्तिलोकपथअन्तर्गत हेटौंडा–चौघडा सडकखण्डको न्यूरेनीमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । हेटौंडाबाट चौघडा बजारतर्फ जाँदै गरेको ना १५ प ५१७० नम्बरको मोटरसाइकल ना ६ ख ६७५३ नम्बरको ट्रिपरमा ठोक्किएको प्रहरी चौकी चौघडाले जानकारी दिएको छ । मोटरसाइकल चालक बकैया–५ का २१ वर्षीय जयन्त घलानको भने हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।