ज्योतिरत्न बज्राचार्य

हेटौंडाः नेपाल सुनचाँदी व्यवसायी महासंघको बागमती प्रदेश सभापतिमा हेटौंडाका व्यवसायी ज्योतिरत्न बज्राचार्य निर्वाचित हुनुभएको छ । आज हेटौंडामा भएको अधिवेशनले बागमती प्रदेशको प्रथम सभापतिको रुपमा बज्राचार्य सर्वसम्मत निर्वाचित हुनुभएको हो । बज्राचार्यको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपसभापतिमा टेकबहादुर बिश्वकर्मा र रत्नसुन्दर शाक्य, सचिवमा रोहिणा देवी शाक्य र किरण भाई बज्राचार्य, कोषाध्यक्षमा रमेश बहादुर शाक्य र सहसचिवमा विवुषा शाक्य र सहकोषाध्यक्षमा उमेश रत्न शाक्य निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा मणि कुमार बिश्वकर्मा, रविन्द्र कुमार खाती, भीमराज बज्राचार्य, सुसन शाक्य, गोकर्ण न्यौपाने र उजिना शाक्य निर्वाचित हुनुभएको छ ।

यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको बागमती प्रदेश समितिको तदर्थ समितिका सभापति दियेश रत्न शाक्यको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यको विशेष आतिथ्य रहेको थियो ।