Home अर्थ/व्यापार ज्योतिरत्न बज्राचार्यको नेतृत्वमा सुनचाँदी व्यवसायीको बागमती प्रदेश समिति सर्वसम्मत

ज्योतिरत्न बज्राचार्यको नेतृत्वमा सुनचाँदी व्यवसायीको बागमती प्रदेश समिति सर्वसम्मत

ज्योतिरत्न बज्राचार्य

हेटौंडाः नेपाल सुनचाँदी व्यवसायी महासंघको बागमती प्रदेश सभापतिमा हेटौंडाका व्यवसायी ज्योतिरत्न बज्राचार्य निर्वाचित हुनुभएको छ । आज हेटौंडामा भएको अधिवेशनले बागमती प्रदेशको प्रथम सभापतिको रुपमा बज्राचार्य सर्वसम्मत निर्वाचित हुनुभएको हो । बज्राचार्यको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपसभापतिमा टेकबहादुर बिश्वकर्मा र रत्नसुन्दर शाक्य, सचिवमा रोहिणा देवी शाक्य र किरण भाई बज्राचार्य, कोषाध्यक्षमा रमेश बहादुर शाक्य र सहसचिवमा विवुषा शाक्य र सहकोषाध्यक्षमा उमेश रत्न शाक्य निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा मणि कुमार बिश्वकर्मा, रविन्द्र कुमार खाती, भीमराज बज्राचार्य, सुसन शाक्य, गोकर्ण न्यौपाने र उजिना शाक्य निर्वाचित हुनुभएको छ ।

यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको बागमती प्रदेश समितिको तदर्थ समितिका सभापति दियेश रत्न शाक्यको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यको विशेष आतिथ्य रहेको थियो ।

Exit mobile version