सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–५ स्थित गोगनेमा चौकीटार खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । खोलाले बगाउँदा स्थानीय ३८ वर्षको धावा स्याङ्तानको मृत्यु भएको हो ।

स्याङतान ५ नम्बर वडा कार्यालय गोगनेबाट घर फर्कने क्रममा शुक्रबार बेलुका खोला तर्न खोज्दा खोलाले बगाएर मृत्यु भएको कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले बताउनुभयो । चौकिटार खोलाले बगाएर स्याङ्तानलाई बिमिरे खोलासम्म पुर्‍याएको थियो । स्थानीयले देखेर खबर गरेपछि प्रहरी, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लागयत ५ नम्बर वडाध्यक्ष लगायतको टोली घटनास्थलमा पुगेको थियो ।