सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनी निवासी शान्त बहादुर मार्गनको रेबिज रोगका कारण मृत्यु भएको छ । मार्गनलाई काठमाडौंको टेकु अस्पतालले उपचार नहुने भनेपछि हिजो घर ल्याइएको थियो । उनको आज बिहान आफ्नै घरमा मृत्यु भएको हो ।

६२ वर्षीय मार्गनलाई गत बैशाखमा कुकुरले टोकेको भन्ने जानकारी आएको छ । एक हप्ता अगाडि उहाँ उपचारका लागि हेटौंडा अस्पताल आउनुभएको थियो । हेटौंडा अस्पतालले भरतपुर अस्पतालमा रिफर गरेको थियो । भरतपुर अस्पतालले पनि उपचार गर्न नसकेर काठमाडौं टेकु अस्पतालमा पठाएको हो । टेकु अस्पतालले उपचार नहुने भनेपछि उनलाई हिजो घर ल्याइएको थियो । उनमा कुकुरले जसरी सास फेर्ने, ¥याल काड्ने र खाना नखाने जस्ता लक्ष्णहरु देखिएको स्थानीय सोम बहादुर लामाले बताउनुभयो ।