सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मनहरी गाउँपालिकामा वडा नम्बर ७ स्थित साह पार्टी प्यालेसको इनारमा डुबेका २ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार पार्टी प्यालेस सञ्चालक ३० वर्षीय सुरज साह र स्थानीय १६ वर्षीय उत्सव नेपालीको मृत्यु भएको हो ।

करिब ४० फिट गहिरो इनारमा रहेको पानी तान्ने मोटर बिग्रिएकोले बनाउन भनी आज बिहान करिब ९ बजेको समयमा इनार छिरेका सुरज र उत्सवको डुबेर मृत्यु भएको हो । उनीहरुलाई बचाउन भनी इनारमा छिरेका जीतबहादुर लोको भने उद्दार गरिएको छ । जीतबहादुरलाई उपचारका लागि भरतपुर पठाइएको र अवस्था सुधार भएको अध्यक्ष उप्रेतीले बताउनुभएको छ । मृतक सुरज र उत्सवको भने हेटौंडा अस्पतालमा पोष्टमार्टम गर्न ल्याइएको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभएको छ ।