हेटौंडाः हेटौंडा–१५ का समाजसेवी चम्फु सिंह वाईबाको निधन भएको छ । हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनका अध्यक्ष समेत रहनुभएका वाईबाको आज बिहान निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि चितवनमा रहनुभएका वाईबाको बिहीबार कोरोना नेगेटिभ आएपछि चितवन मेडिकल कलेजले डिस्चार्ज गरेको थियो ।
करिब १० दिन अगाडि हेटौंडामा कोरोना रिपोर्ट नेगेटिभ आएको वाईबाको श्वासप्रश्वासमा समस्या भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । वाईबाको चितवनमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको दिव्यसेवा निकेतनका सहसचिव बोल बहादुर कार्कीले बताउनुभयो । अस्पतालले श्वासप्रश्वासमा समस्या भएको र जटिल अवस्था भएकोले घर लैजान सुझाव दिएको थियो । ७३ वर्षको उमेरमा वाईबाको निधन भएको हो । विभिन्न संघसंस्थामा आबद्ध वाईबा सामाजिक व्यक्तित्व रहनुभएको सहसचिव कार्कीले बताउनुभयो ।