हेटौंडाः मकवानपुरका २ विद्यार्थी संगठनले संयुक्त रुपमा ५ बुँदे मागसहित बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङ र नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाले बुधबार संयुक्त ज्ञापनपत्र कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
कोरोना भाइरसको महामारीले विश्वको आर्थिक, शैक्षिक, स्वास्थ्य एवम् विभिन्न क्षेत्रलाई सिथिल बनाएको अवस्थामा शैक्षिक क्षेत्रको घाटाको कागजहरु तेस्र्याई धेरै भन्दा धेरै शुल्क असूलौं भन्ने मनसायबाट अभिभावकसँग रकम असुल्ने कार्यप्रति जिम्मेवार विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ । उनीहरुले गत शैक्षिक सत्र २०७६ मा शूल्क निर्धारणका लागि हेटौंडा उपमहानगरपालिकाको पहलमा विद्यार्थी संगठनहरुले माग गरे अनुसार नरहेको कुरा निर्णय प्रक्रियामा असन्तुष्टी रहेको बताउँदै चालु शैक्षिक सत्र २०७७ मा अधिकतम सहमतिका साथ नयाँ शुल्क निर्धारण गर्नुपर्ने माग राखेका छन् ।