हेटौंडाः काठमाडौंका सुरज केसी आज साँझ हेटौंडाको होटल लिडोमा मृत भेटिएका छन् । हिजो साँझ साथीसँगै हेटौंडा आइपुगेका केसी बिहान साथीलाई काठमाडौं फिर्ता पठाएर होटलमै फर्किएका थिए । होटलका व्यवस्थापक शंकर नेपालका अनुसार काठको काम गर्दै आएका सुरज र साथी कृष्ण हिजो साँझ होटलमा आएका थिए ।

हेटौंडा आउँदा सधैं आफ्नै होटलमा बस्ने भएकोले बिहान खाना नखाने भनेपछि अरु पाहुना पनि नभएकोले के गर्‍यो भन्ने थाहा नपाइएको नेपालले बताउनुभयो । साँझ सुरजकी श्रीमतिले सुरजको मोवाइल अफ रहेको र कोठामा हेरिदिन भनेपछि कोठामा गएर बोलाउँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेको व्यवस्थापन नेपालले जानकारी दिनुभयो । प्रहरीले ढोका खोलेर हेर्दा सुरज झुण्डिएको अवस्थामा पाइएको नेपालले बताउनुभयो । प्रहरी घटनास्थल पुगेर हेर्दा झुण्डिएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।