हेटौंडाः कोरोना संक्रमित भई उपचारको क्रममा हिजो आइतबार भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएकी १७ वर्षीया किशोरीको हेटौंडाको ठेगाना पहिचान भएको छ । हेटौंडा–१० मा बस्दै आएकी किशोरीको स्थायी ठेगाना भने बारा जिल्लाको अम्लेखगन्ज भएको हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा समिति सदस्य ईन्द्रप्रसाद नेपालले जानकारी दिनुभएको छ ।
छ महिनादेखि हेटौंडा–१० स्थित सानिआमाको घरमा बस्दै आएकी किशोरी स्वास्थ्य समस्याकै कारण उपचारका लागि हेटौंडामा बस्दै आएको बुझिएको वडा सदस्य नेपालले बताउनुभएको छ । किशोरीका बारेमा थप बुझ्ने प्रयास भइरहेको छ । हेटौंडा–१० भनेर भनिए पनि मृतक किशोरी बारा जिल्लाको अमलेखगन्जको भएको वडा सदस्य नेपालको भनाइ रहेको छ ।