हेटौंडाः ११ दिनमा ३ हजार ३२ जनालाई निशूल्क खाना खुवाएको परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले अब निशूल्क खाना कार्यक्रम बन्द गर्ने जनाएको छ । सरकारले लकडाउन र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा खुला भएर काम गर्ने वातावरण बन्दै गएकोले निशूल्क खानाको कार्यक्रम रोकेको जनाइएको छ ।

११ दिनको अवधिमा तीन हजार भन्दा बढीलाई खाना खुवाइएको र सबै सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै निशूल्क खानाको कार्यक्रम बन्द गर्ने निर्णय गरिएको निशूल्क खाना कार्यक्रम व्यवस्थापनमा खटिनुभएका सफल अधिकारीले जानकारी दिनुभयो । परशुराम स्मृति प्रतिष्ठानका सन्तोष गौतम र मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले पनि सबैको साथ र सहयोगमा पूण्यको काम गर्न सफल भएको र सबैको साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।