हेटौंडाः बागमती प्रदेशको सबै स्थानीय तहहरुमा प्रहरीको गुनासो तथा सुझाव पेटीका राखिने भएको छ । नागरीकहरुबाट प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राख्ने भएको हो ।

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना निर्माण गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका वरिष्ठ प्रहरी उपरीक्षक सुदिप गिरीले बताउनुभयो ।

तीनचरणमा गरी सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटीका राखीने भएको उहाँले बताउनुभयो । प्रथम चरणमा महानगरपालीका, उपमहानगरपालीका र सदरमुकाममा रहेको गाउँपालीकामा, दोस्रो चरणमा सबै गाउँपालीका र तेस्रो चरणमा सबै वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने भएको हो ।