हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालन गरिरहेको हेटौंडा–६, स्थित गौरिटारको आइसोलेसन बेड भरिएको छ । कोरोना सङ्क्रमितहरु दैनिक बढ्दै गएपछि संस्थागत आइसोलेसनको बेड भरिएको हो ।
आज गौरिटारको आइसोलेसन वार्डमा १ सय ५ जना बसेका छन् । २५ जना सङ्क्रमित प्रहरीहरु पनि गौरिटार आइसोलेसनमा छन् ।
त्यस्तै मनहरी गाउँपालिकाको आइसोलेसन वार्डमा अहिलेसम्म १५ जना बसेका छन् । मंगलबार २४ जना सङ्क्रमित थपिएका कारण व्यवस्थापन गर्न गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।
अब आज थप हुने सङ्क्रमतिहरु हेटौंडाको आइसोलेसन वार्ड भरिएका कारण घरकै आइसोलसनमा बस्नुपर्ने भएको हो । मकवानपुर जिल्लामा मंगलबारसम्म १ हजार ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।