हेटौंडाः हेटौंडा–५, पिप्लेमा रहेको शान्तिनगरस्थित श्रमिक बाटिकामा मंगलबार ५ नम्बर वडास्तरीय युवा क्लबले सरसफाई गरेको छ । क्लबका अध्यक्ष अनुष्का भट्टराईको सभाध्यक्षमा भएको कार्यक्रमा बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालय सचिवालय सदस्य सन्तोष पौडेलको प्रमुख अतिथ्य रहेको थियो ।
५ नम्बर वडा युवा क्लबले आयोजना गरेको वडा भित्र रहेका वृहत् धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थानहरुको सरसफाई अभियानमा मंगलबार शान्तिनगरस्थित श्रमिक पार्कमा विभिन्न क्लब, विभिन्न संघ, संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, शान्तिनगर टोल विकासको समन्वयमा गरिएको छ ।
कार्यक्रममा युवा क्लबका पदाधिकारीहरु अरुण कार्की, विवेक फुयाल, अंकिंता दाहाल, निश्चल बानियाँ, रोनिका फुयाल, आयुष देवकोटा, बिना चौलागाई, जमुना तिमल्सिना, सुकृति भट्टाराई लगायतको उपस्थिति रहेको क्लबका सदस्य मनिष गौतमले बताउनु भयो ।