हेटौंडाः मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको हेटौंडा अस्पतालमा ३ जना विशेषज्ञ थप भएका छन् । ३ जना फिजिसियन चिकित्सक थप गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्देशक डा. हरिबहादुर खड्काले जानकारी दिनुभएको छ ।

डा. लोकेश भुजेल, डा. निशल खनाल (सर्जन) र डा. प्रशान्त बिडारी हेटौंडा अस्पतालमा आउनुभएको हो । उहाँहरुलाई प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशी, रजिस्टार राजेश प्रसाईं लगायत अस्पतालका कर्मचारीहरुले स्वागत गरेका थिए । प्रतिष्ठान गठन भएर अहिले प्रतिष्ठानका कामहरु अगाडि बढिरहेको निर्देशक डा. खड्काले बताउनुभयो ।

प्रतिष्ठान अन्तर्गत भएपछि अब हेटौंडा अस्पताललाई ३ सय शैयाको अस्पतालमा रुपान्तरण गरिने भएको छ । अस्पतालको सेवा पनि बिस्तार हुने उहाँले बताउनुभयो ।