हेटौंडाः हालसम्मकै सबैभन्दा बढी एकैदिन हेटौंडा उपमहानगरक्षेत्रका ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
बुधबार र बिहीबार सङकलित १९७ स्वाबसहित २३५ स्वाबको आज परीक्षण भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।