हेटौंडाः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठक आज बसेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा आज बसेको जिल्ला कमान्ड पोष्टको बैठकमा निषेधाज्ञा लगायतको समिक्षा भएको छ ।
हालसम्म कोरोना बढ्न नदिन गरिएको लकडाउन र निषेधाज्ञाको आज बैठकमा समिक्षा भएको हो । त्यस्तै आज बसेको बैठकमा भाद्र २५ गतेसम्म अहिले भइरहेको आदेश यथावत रहने बताइएको छ । बिहान १० बजेसम्म बजार आंशिक रुपमा खुल्ने भएको छ । त्यस्तै भाद्र २५ गतेबाट भने बजार खुल्ने समय बढाउने भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
यस्तै तरकारी, व्यवसाय लगायतका अन्य व्यावसायहरु खोलीने विषयमा पर्सि बस्ने कमान्ड पोष्टको बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । यस्तै आज बसेको कमान्ड पोष्टको बैठकमा समिक्षा मात्र भएको र जारी आदेश यथावत रहने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि बताउनुभयो । बजार आंशिक खुलेर भिडभाड भएको भन्दै बजार खुल्ने समय बढाउने संकेत भएको उहाँले जानकारी दिनुभयो ।