सांकेतिक तस्वीर ।

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१०, वन विज्ञान क्याम्पस अगाडि दुर्घटनामा परी ३ जना घाइते भएका छन् । मोटरसाइकल, टिङपर र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

आइतबार मध्यान्ह साढे १२ बजे हेटौँडा बजारबाट पथलैयातर्फ जाँदै गरेको ग ७ प ७३१८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३३४ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिँदा पशुपतिनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६२३ नम्बरको ट्रकको पछाडि ठक्कर खाई पल्टिएकोे प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार भारत मोतिहारीका अन्दाजी २२ बर्षीय सन्तोष कुमार गुप्ता, निजकी श्रीमती २५ बर्षीया आशादेवी गुप्ता र २ बर्षीया छोरी गुल्ली कुमारी गुप्ता तीनैजना घाइते भएका छन् । तीनैजना घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पतालमा पठाएकोमा तीनै जना घाइतेहरुको अवस्था मध्यम तथा सामान्य रहेको प्रहरीले जनाएको छ । हाल ट्रिपर र ट्रक दुवैका चालकहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।